आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यालय शिक्षा विधेयकमाथि शिक्षाविद्हरूको दाबी : सरोकारवालासँग पर्याप्त छलफल भएन

बुधबार, २४ असोज २०८०, १८ : २२
बुधबार, २४ असोज २०८०

काठमाडौँ । संसदमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा शिक्षाविद्हरू सुझाव पेश गरेका छन् । सभामुख तथा शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समितिका सदस्यहरूलाई सुझाव पेश गरेका हुन् ।

शिक्षाविद्हरू प्राध्यापक केदारभक्त माथेमा, प्राडा. विद्यानाथ कोइराला, प्राडा मन प्रसाद वाग्ले, प्राडा. मिन बहादुर विष्ट, प्राडा विनय कुशियत, डा. ब्रजेश पन्त र शिक्षा अध्येयता टीका भट्टराईले शिक्षा विधेयकमा आफ्नो सुझाव पेश गरेका हुन् ।

विद्यालय शिक्षामा सैद्धान्तिक तथा व्यावहारिक अडानहरू, संघीय शिक्षा विधेयकका मूल सवालहरू, आर्थिक पक्षमा केही दृष्टिकोणहरू, संघीय शिक्षा विधेयकमा मुख्य दफावार संशोधन लगायतका विषय उनीहरूले राखेका हुन् ।

उनीहरूले विधेयकलाई ग्रहणीय बनाउन शिक्षाका मूल पक्षहरूमा अङ्गीकार गरेका प्रमुख सैद्धान्तिक र व्यावहारिक अडानहरू राखेका हुन् ।

उनीहरूले सरोकारवालासँग पर्याप्त र खुला छलफल नगरिएको भन्दै आपत्ति जनाएका छन् । अब समितिले जनसाधारणले थाहा पाउने र आफूहरूसँग परामर्श गर्ने तथा सरोकारवालासँग समूहहरूसँग परामर्श गर्न अनुरोध गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप