आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश सरकार : मध्यावधिमा जाने मुडमा छैन एमाले

बुधबार, २४ असोज २०८०, १९ : २५
बुधबार, २४ असोज २०८०

विराटनगर । नेकपा एमालेले ४७ सांसदको समर्थन लिएर गठबन्धन आए कोशी प्रदेशमा आफ्नो पार्टी प्रतिपक्षीमा बस्न तयार रहेको जनाएको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफ्नो दलको मुख्यमन्त्रीले राजीनामा दिएपछि आफ्नो पार्टी चुप बसेको बताएका हुन् । 

प्रमुख सचेतक भण्डारीले मध्यावधिमा जाने अवस्था आयो भने अर्को विकल्पमा जाने बताए । ‘उहाँहरु आफू आफू झगडा गरेर ४७ बनाउनु भएन भने हामीले मध्यावधि रोक्नकै लागि कसैलाई साथ दिनैपर्छ,’ भण्डारीले भने, ‘उद्धव थापाले पुर्‍याए पनि, इन्द्र आङ्बोले पुर्‍याए पनि ४७ पुर्‍याउँदा हामी असहयोग गर्दैनौं ।’

केपी ओली र शेखर कोइराला बीचको कुराकानी अहिले मात्रै नभएको र पहिलेदेखि नै भइरहेको उनले बताए । उनले मध्यावधिलाई बचाउन उद्धव थापा, केदार कार्की, इन्द्रबहादुर आङ्बो, दुर्गा चापागाईँ जसले सहयोग माग्छन्, उसैलाई सहयोग गर्न तयार रहेको बताए । ‘गठबन्धनले ४७ को हस्ताक्षर पुर्‍याएको खण्डमा आरामले प्रतिपक्षमा बस्न तयार छौँ । मध्यावधि टार्न गरेको कोसिसलाई कसैले कमजोरी नठानोस्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप