आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाको भोजपुर जिल्ला समिति पुनर्गठन

बिहीबार, २५ असोज २०८०, ०७ : ५२
बिहीबार, २५ असोज २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको भोजपुर जिल्ला समिति पुनर्गठन भएको छ । जिल्लास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट आसकुमार राईको अध्यक्षतामा ५७ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।
 
समितिको उपाध्यक्षमा शाहीमान राई र मञ्जु राई सचिवमा नरराज राई, उपसचिवमा बालानन्द ढकाल, नवराज चर्मकार र कोषाध्यक्षमा इन्दिरा राई चयन भएका छन् ।

जसपाको विधानमा जिल्ला समिति ५७ सदस्यसम्मको बनाउन सक्ने प्रावधान छ । जसपाले सञ्चालन गरेको पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा जिल्ला समन्वय समितिलाई जिल्ला समितिमा रुपान्तरण गर्ने कामलाई तिव्रता दिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोपाल राईको प्रमुख अतिथि रहेका थिए भने किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राईको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश समिति, राष्ट्रिय समितिका तथा स्थानीय तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप