आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए चुनाव : टीम फाइनल गर्दै आरके शर्मा, को–को समेटिए ?

बिहीबार, २५ असोज २०८०, ०८ : १६
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिएसँगै अध्यक्षका उम्मेदवार आरके शर्माले आफ्नो टीम निर्माणलाई तिव्रता दिएका छन् । जसअनुसार उनले विभिन्न राजनीतिक पार्टीमा आस्था राख्नेहरुलाई समेटेर टीम निर्माण गरिरहेका हुन् । 

एनआरएनएको निर्वाचनमा आरकेसहित डा बद्री केसी, महेश श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा हुने देखिएकै बेला करिब ४० देशका एनआरएनएसँग अन्तरक्रिया गरेर काठमाडौँ फर्किएसँगै शर्माले टीम निर्माणदेखि आवश्यक तयारीलाई तीव्रता दिएको उनी निकट एक अभियन्ताले बताए । 

पहिलो पटक मध्यपूर्वले नेतृत्व पाउनुपर्ने लबिङ गरिरहेका शर्माले उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहितका पदहरुमा टीममा रहने उम्मेदवारहरुको नाम टुंगो लगाएका हुन् । अन्य उम्मेदवारहरु पनि छिट्टै टुंगो लाग्ने शर्माका सचिवालयको भनाइ छ । शर्माले कांग्रेस कम्युनिस्ट सबैलाई समेटेर समावेशी टीम निर्माण गरेको बताइएको छ । 

एनआरएनएको विधानअनुसार ६ जना उपाध्यक्ष र १ जना युवा उपाध्यक्ष रहने व्यवस्था रहेको छ । जसअनुसार शर्माको टिमबाट ७ उपाध्यक्षले निर्वाचन लड्ने भएका छन् । शर्माको टीमबाट उपाध्यक्ष पदमा खगेन्द्र न्यौपाने, रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), राजु रेग्मी (राज), विजय मोक्तान, अभिमानसिंह बस्नेत, शशीकान्त पौडेल र युवा उपाध्यक्षमा अब्दुल बासिद उम्मेदवार हुने भएका छन् । 

यस्तै उपमहासचिव र कोषाध्यक्षका प्रत्यासी पनि  टुंगिएको छ । जसअनुसार शर्माको उम्मेदवारीलाई समर्थन गर्दै उपमहासचिवमा कतारका प्रविन गुरुङ र कोषाध्यक्ष पदमा युएईका ठाकुर ढुंगाना प्रत्यासी बनेका छन् । 

शर्माको टीमबाट उम्मेदवार बनेकाहरु धेरै कांग्रेस निकटका छन् । हालसम्म उपाध्यक्षमा टुंगिएका उम्मेदवारमा खगेन्द्र न्यौपाने र गोविन्द श्रेष्ठ बाहेक कांग्रेस निकटका हुन् । यस्तै उपमहाचिवका उम्मेदवार प्रविन गुरुङ पनि कांग्रेस निकट मान्छिन् । यसैगरी कोषाध्यक्षका उम्मेदवार ढुंगाना कम्युनिष्ट हुन् । सबै पक्ष बिचार समूह समेटेर टीम बनाउने क्रम चलिरहेको भन्दै शर्मा निकट एक अभियन्ताले समावेशी टीमले चुनाव जित्ने माहोल बनिरहेको दाबी गरे । 

शर्मा टीममा महिला उपाध्यक्ष र एकजना उपमहासचिव पद खाली छ ।यस्तै  सचिवको उम्मेदवार पनि टुंगो लगाउन बाँकी छ । सहकोषाध्यक्ष, महिला संयोजक, उपसंयोजक, युवा संयोजक, उपसंयोजकसहितका उम्मेदवारहरु छिट्टै टुंगो लगाएर चुनावी अभियानलाई सशक्त बनाउने शर्माको तयारी छ।  

शर्माले कर्मभूमि कतारबाट २४ महिनामा २४ वटा बाचा सहित अध्यक्षमा आफ्नो योजना सहित उम्मेदवारी सार्वजनिक गरेका थिए । 
शर्माको बाचापत्रमा बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता जनाएका छन्। यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् ।

 गैरआवासीय नेपाली संघको ११ औं विश्वसम्मेलन असोज ३० देखि काठमाडौंमा हुँदैछ । विश्व सम्मेलनले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप