आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा आज अभिमुखीकरण कार्यक्रम गर्दै जसपा

बिहीबार, २५ असोज २०८०, ०८ : ५५
बिहीबार, २५ असोज २०८०

धनुषा । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषा जिल्ला समितिले सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । आज रौनियार धर्मशालामा आयोजित कार्यक्रममा उक्त जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्यहरू, प्रदेश समिति सदस्यहरू, जिल्ला समिति सदस्यहरू, क्षेत्रीय समिति र पालिका समितिका पदाधिकारीहरूलाई उपस्थित हुन भनिएको छ ।

साथै जनप्रतिनिधिहरू, भ्रातृसंगठनका केन्द्र, प्रदेश तथा जिल्ला स्तरीय पदाधिकारीलाई  समेत अनिवार्य उपस्थित हुन भनिएको जिल्ला समितिका सचिव वरुणकुमार यादवले जानकारी दिए ।

अभियानलाई सशक्त र प्रभावकारी सञ्चालन गर्न विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको छ । जसअनुसार सङ्गठन विभाग प्रमुखमा शत्रुधन यादव, युवा विद्यार्थी विभाग प्रमुखमा ललित मण्डल, महिला विभाग प्रमुख गिरिजा यादव, जनसम्पर्क विभाग प्रमुख चन्द्रदीप गोइतलाई तोकिएको छ । विभागमा सदस्यहरूको चयन समेत गरेको जिल्ला सचिव यादवले जानकारी दिए ।

जसपाले मधेस प्रदेशका आठै जिल्लामा तालिका बनाएर सङ्गठन विस्तार तथा अभिमुखीकरण कार्यक्रम गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप