आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १७७ जना चिकित्सकद्वारा सामूहिक राजीनामा

बिहीबार, २५ असोज २०८०, ०९ : १५
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका  चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरि सामूहिक राजीनामा दिएका हुन् ।


चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाए बताइएको छ । 

चिकित्सकहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापन पत्र बुझाएका थिए । पटक पटक सहमति भए पनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनीहरूको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप