आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘परदेशी २’ले कति पायो शो ?

बिहीबार, २५ असोज २०८०, १० : ५३
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘परदेशी २’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । बुधबार खुला भएको अग्रिम टिकट बुकिङमा नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेसनमा फिल्मलाई पहिलो दिन ३७ शो दिएको छ ।

त्यसैगरि मल्टीप्लेक्स चेन आइएनआईले आफ्नो तीन वटा स्टेसनमा १२ शो दिएको छ । रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र सिके सिनेमाजले ४ शो दिँदा क्यूज सिनेमाजले २ शो दिएको छ । काठमाडौँका अरू मल्टिप्लेक्सहरु बिग मुभिजमा ३ शो, वान सिनेमाज्मा १२ शो उपलब्ध गराएको छ । फिल्मको बुकिङ राम्रो भयो भने शो अझै थप्न सक्ने छ । 

शुक्रवार ‘परदेशी २’सँगै फिल्म ‘कौसिद’ र ‘बान्सेजी’ पनि प्रदर्शनमा आउँदै छ । ‘कौसिद’ र ‘बान्सेजी’ले भने सामान्य शो पाएको छ ।

‘परदेशी २’ हिट फिल्म ‘परदेशी’को सिक्वेल हो । आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत ‘परदेशी’ले गरेको थियो, भने सिक्वेलले अध्यायनका लागि विदेशिने युवा पुस्ताको मोहलाई कथा बनाएको हो ।

निर्माण समय देखिनै चर्चामा रहेको ‘परदेशी २’ हल व्यवसायीले पनि आस गरेको फिल्म हो । फिल्मको अग्रिम बुकिङ राम्रो भएको खण्डमा मल्टीप्लेक्सहरु शोज संख्या समेत थप हुनेछ । 

प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय रहेको फिल्म नारायण रायमाझीले निर्देशन गरेका हुन् । गायनमा स्थापित सपूतले यही फिल्म मार्फत अभिननेताको रुपमा देखिँदै छन् ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा राजेश वंशल र निर्देशक रायमाझीको निर्माण तथा रमेश बिजीको कथा र पटकथा लेखन रहेको छ । मानकृष्ण महर्जनको छायाङ्कन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा  दीर्घ खड्काले सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप