आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलमा रहेका आफ्ना नागरिक ल्याउन भारतको ‘अप्रेसन अजय’

बिहीबार, २५ असोज २०८०, ११ : ३३
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । इजरायलमा रहेका भारतीय नागरिकलाई स्वदेश फर्काउन भारतले ‘अप्रेसन अजय’ को घोषणा गरेको छ । इजरायल र प्यालेस्टिनी विद्रोही समूहबिचको पछिल्लो युद्धका कारण इजरायलमा रहँदै आएका आफ्ना नागरिकलाई विभिन्न मुलुकले स्वदेश फिर्ताका लागि अभियान चलाउन थालेका छन् ।

नेपालले पनि आफ्ना नागरिकलाई ल्याउन नेपाल वायुसेवा निगमको जहाज बिहीबार त्यसतर्फ पठाइसकेको छ ।

भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर) मा लेखेका छन्, ‘इजरायलबाट भारत आउन इच्छुक नागरिकका लागि अपरेसन अजय लञ्च गर्दैछौँ । स्पेशल चार्टर फ्लाइट र अन्य व्यवस्था गरिँदैछ । विदेशमा रहेका आफ्ना नागरिकको सुरक्षाका लागि हामी पूर्ण रुपमा प्रतिबद्ध छौँ ।’

इजरायलस्थित भारतीय दूतावासका अनुसार स्वदेश फर्कने नागरिकको रजिस्ट्रेसन भइरहेको छ । इजरायलमा करिब २० हजार भारतीय रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप