समाचार
बौद्धमा गोली चल्यो, एक जना घाइते
बिहीबार, २५ असोज २०८०, १४ : १७
काठमाडौँ । काठमाडौँको बौद्धमा गोली चलेको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
सिन्धुली घर भएका अमर घलान घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
ती अधिकारीका अनुसार सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको हो ।