आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिसेस युनिभर्समा विमलालाई ‘मिसेस हुम्यानिटी’को उपाधि

बिहीबार, २५ असोज २०८०, १४ : २४
बिहीबार, २५ असोज २०८०

लन्डन । फिलिपिन्समा भएको  ४६औँ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘मिसेस हुम्यानिटी २०२३’ को उपाधि जेतेकी छन् । अक्टोबर १ देखि  ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औँ मिसेस युनिभर्स २०२३ मा बेलायत निवासी विमलाले नेपालको प्रतिनिधित्व गर्दै मिसेस युनिभर्स २०२३ मा सहभागी भएकी थिइन् । उक्त प्रतियोगितामा विश्वभरका दर्जनौं मिसेस सुन्दरीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगिता सकेर बेलायत आएपछि विमलाले भनिन्, ‘नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्स पुगेर नेपाललाई विश्वसामु चिनाउन आफ्नो तर्फबाट  आत्मविश्वास र इमान्दारीपूर्वक प्रयास गरेको छु, मानव सेवा भन्दा ठूलो धर्म अरु केही हुँदैन, मिसेस युनिभर्स २०२३ मा ‘मिसेस हुम्यानिटी’ बाट सम्मानित हुन पाउनु नेपालको लागि पनि गौरवको विषय हो’ उनले भनिन् ।

प्रतियोगिताका दौरानका आफ्ना १० दिन निकै फलदायी रहेको बताउँदै  फिलिपिन्स समुदाय तथा  प्रतियोगीहरूबाट राम्रो सहयोग पाएको बताइन् । निकट भविष्यमा हुन गइरहेका ३/ ४ वटा प्रतियोगितामा सहभागिता जनाउन आफूलाई प्रस्ताव पनि आएको बताउँदै  आफ्नो यात्रामा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै भावी दिनमा पनि सहयोग गर्न आग्रह गरेकी छन् ।

नेपाली संस्कृतिको पहिचान स्वरूप प्रतियोगिताको प्रिइलिमिनेशन राउन्डमा उनले नेपालीपन झल्काउने पहिरन लगाएकी   थिइन् । यसैगरी उनले प्रतियोगितामा सहभागिता जनाउन आउनेहरूलाई नेपाली सामाग्रीहरू कोसेली स्वरूप प्रदान गर्दै नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत गरिन् ।

लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको 'कोरोनेसन नाइट' मा विमलालई  मिसेस नेपाल युनिभर्स २०२३ को उपाधि प्रदान गरेसंगै विमलालाई मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा सहभागी उने अवसर जुटेको थियो ।

ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी उनले  क्याबिन क्रुको तालिम समेत लिएकी छन् भने नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्स्मा काम गरेकी थिइन् । सन् २०१० देखि बेलायत बस्दै आएकी विमला सामाजिक कार्यमा आबद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप