आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्यासन नभएको व्यक्ति पत्रकारितामा आए देश बर्बाद हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

बिहीबार, २५ असोज २०८०, १४ : ३१
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्यासन नभएको व्यक्ति सञ्चार क्षेत्रमा नआउन आग्रह गरेका छन् । राजनीतिक दलका नेताहरूमा जस्तै मिडियाले पनि आत्मालोचना गर्नुपर्ने भन्दै उनले प्यासन नभएका पत्रकारले देश र समाज बर्बाद बनाउनेतर्फ सचेत गराए । 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासङ्घले बिहीबार काठमाडौँमा गरेको कार्यक्रममा नेपालको मौलिक विविधता, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न मिडियाले ठुलो भूमिका खेल्नुपर्ने बताए । उनले राजनीतिमा जस्तै चिकित्सा क्षेत्र र पत्रकारिता क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिए ।  

‘चिकित्सा र पत्रकारिता क्षेत्रमा प्यासन छैन भने यो क्षेत्रमा नआउनोस् । देश र समाजलाई नकारात्मक बर्बाद बनाउन सक्ने क्षेत्र चिकित्सक र मिडिया क्षेत्र हुन् । प्यासन छैन । श्रीमान् श्रीमती घुम्न जान मन लागेको होला । आफ्नो विशेष समय उपभोग गरिराखेका होलान् । घण्टी आउँछ । बिरामीलाई आपत परको हुन्छ । तुरुन्त उठेर जानुपर्छ । रिस उठेर भयो ? मरे न मरोस् भन्न भयो ? नैतिक जिम्मेवारी हो नि । प्यासन छैन भने किन आउने मेडिकल क्षेत्रमा’, उनले भने, ‘त्यस्तै पत्रकारिता क्षेत्रमा लेख्दिऊँ भनेर काम छैन नि । देश त बिग्रियो नि । मानिसको परिवार ध्वस्त पारिदिने । इज्जतमाथि खेलबाड गरिदिने । राष्ट्रिय एकतालाई कमजोर बनाइदिने । सामाजिक एकतालाई कमजोर बनाइदिने । आवश्यकताको विरुद्ध दुष्प्रचार गर्ने कार्य भयो भने समाज राष्ट्रको अर्थतन्त्र बर्बाद हुन्छ ।’ 

उनले गृहमा भन्दा वास्तवमा मिडियासँग महाडन्डा रहेको जिकिर गरे । पत्रकारिता गलत दिशातिर गयो भने देश बर्बाद हुने उनको भनाइ छ । 

‘प्यासन नभएको व्यक्ति पत्रकारितामा आउनु राजनीतिले जस्तै बर्बाद गर्छ । पत्रकारिता क्षेत्र सबैभन्दा बढी अध्ययन गर्नुपर्ने, सबैभन्दा बढी खट्नुपर्ने पेसा हो । पत्रकार बन्दिउँ भनेर हुँदैन । अलिकति इन्ट्रिग्रेटि र प्यासन भएको व्यक्ति पत्रकारितामा आउन म विशेष अपिल गर्छु’, उनले भने । 

यस्तै मन्त्री श्रेष्ठले विगतको तुलनामा पछिल्लो पत्रकारिता खस्किँदै गएकोमा चिन्ता गरे । उनले पत्रकारहरूको चरित्रबारे टिप्पणी गर्दै उनले भने– ‘बैठकबाट निस्कियो, फोन आउँछ । बैठकमा के निर्णय भयो ? प्रधानमन्त्रीले के भन्नुभयो ? तपाईँले के भन्नुभयो प्रश्न आउँछ । को बोलेको पनि थाहा छैन । कस्तो पत्रकारिता भित्र्याएछौँ जस्तो पीडा हुन्छ । यसरी त भएनन् नि । मिडियामा आत्म समीक्षा जरुरी छ ।’ 

नेपालको पत्रकारिता वरिपरिका देशहरूको हैसियतभन्दा माथि रहेको उनले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप