आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साइबर ठगीको शिकार भए बलिउड अभिनेता

बिहीबार, २५ असोज २०८०, १४ : ४५
बिहीबार, २५ असोज २०८०

मुम्बई । बलिउड अभिनेता आफताब शिवदासनी आइतबार साइबर ठगीको शिकार बनेका छन् । केवाईसीको नाममा केही ठगहरूको उनको खाताबाट डेढ लाख भारतीय रुपैयाँ निकालेका हुन् । ठगी हुने बित्तिकै अभिनेताले प्रहरीमा यसको उजुरी दर्ता गरेका छन् ।

बन्द्रा प्रहरी कार्यालयमा दर्ता गरिएको आफताबको उजुरीअनुसार आइतबार एक अज्ञात नम्बरबाट उनलाई मेसेज आएको थियो । मेसेजमा आफताबलाई उनको केवाईसी (नो योर कस्टमर) डिटेल्स अद्यावधिक गर्न भनिएको थियो जुन उनको बैंक खातासँग लिंक थियो । मेसेजमा केवाईसी अपडेट नगरे खाता निलम्बन हुने चेतावनी समेत दिइएको थियो । त्यसपछि आफताबले मेसेजसँग पठाइएको लिङ्कमा क्लिक गरेर बताइएको निर्देशन अनुसार कदमहरु पालना गरे ।

प्रोसेस सुरु गरेको केही समयपछि उनको मोबाइलबाट बैंक खाताबाट १ लाख ४९ हजार ९९९ रुपैयाँ काटिएको सन्देश आएको थियो । ठगी भएपछि आफताबले सोमबार आफ्नो बैंकका म्यानेजरसँग गुनासो गरेका थिए । म्यानेजरको सल्लाहअनुसार उनले त्यसपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले यस विषयमा कारबाही अगाडि बढाएको जनाएको छ ।

आफताब पछिल्लोपटक डिज्नी प्लस हटस्टारको वेबसिरिज स्पेसल अप्सः१.५ मा देखिएका थिए । यसबाहेक उनी सन् २०२१ को कन्नड चलचित्र कोटीगोब्बा ३ मा देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप