आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोक गायक कस्तुप पन्तको ‘कसो गरम म’ सार्वजनिक

बिहीबार, २५ असोज २०८०

काठमाडौँ । ‘म त धेरै पटक मरेर बाँचेको मान्छे’ यस्ता धारणा मनिसले त्यतिबेला राख्छन्, जतिबेला आसा मारिएको जिन्दगी पुनर्जीवित बन्छ ।

यस्तै पीडादायक भावना टपक्कै टिपेर गायक तथा सर्जक कस्तुप पन्तले नयाँ गीत ‘कसो गरम म’ ल्याएका छन् । पन्तकै लय तथा शब्द रहेको गीतमा गायक विमलराज क्षेत्री र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ । गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् ।

गीतको भिडियोमा सर्जका पन्तको अलवा जुना गुरुङ, यशु भट्टराई र अशोक पौडेल लगायतका कलाकारको अभिनय छ । कुमार केसीको निर्देशन रहेको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन्, भने सम्पादन अमृत चापागाईंको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया