आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घटेर बन्द भयो नेप्से, १ अर्ब ७० करोडको कारोबार

बिहीबार, २५ असोज २०८०, १६ : ०४
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको हो । यससँगै, परिसूचक १८ सय ७४ अंकमा आएर रोकिएको छ ।

१.०६ प्रतिशतले घटेको दिन आज नेप्सेमा १ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, ७५ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा २३ कम्पनीको सेयर मूल्य बढेको छ । २१० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ ।

परिसूचक घटेपनि आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समेत १० प्रतिशतले बढेको छ । सिटी होटलको सेयर मूल्य भने ९.०९ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएको १२ समूहको सूचक घट्दा म्यूचअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूहमा आज ०.०३ अंकको सुधार आएको हो । होटल एण्ड टुरिजम समूहमा १५१ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १४१ अंकको गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप