आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

मुख्यमन्त्रीको दाबी गर्न एमाले र कांग्रेसका असन्तुष्ट पक्ष प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडे

बिहीबार, २५ असोज २०८०, १६ : ४४
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यसहित एमाले सांसदहरु मुख्यमन्त्रीको दाबी पे गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडेका छन् । 

कोशी प्रदेश एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरु मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ हिँडेको एमालेका एक सांसदले बताए । यसअघि कांग्रेसको सो समूहले कांग्रेसका ८ सांसदको हस्ताक्षर संकलन गरेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको दाबी गर्न लागेको हो । 

कोशीमा कांग्रेस २९ प्रदेश सांसद छन्, उनीहरुमध्ये ९ जना कोइराला पक्षमा छन् । उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, इलामका शमशेर राई र गोविन्द गिरी, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू, सुनसरीका सुनिता गुरुङ र केदार कार्कीले हस्ताक्षर गरेको बताइएको छ ।

कांग्रेसको कोइराला पक्षले आफ्नो समूहका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको बुझिएको छ । गठबन्धनको बिहीबारको बैठकले माओवादीका इन्द्र आङबोलाई मुख्मन्त्रीका रुपमा प्रस्ताव गर्ने बिहीबार काठमाडौँमा निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप