आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

कोशीमा मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्ष प्रदेश प्रमुखको कार्यालयमा

बिहीबार, २५ असोज २०८०, १७ : ०१
बिहीबार, २५ असोज २०८०

विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्रीमा दोहोरो दाबी पर्ने भएको छ । माओवादी र कांग्रेस संस्थापन पक्ष माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । 

त्यस्तै एमाले र कांग्रेसको असन्तुष्ट पक्ष पनि मुख्यमन्त्रीको दाबी पेश गर्न छुट्टाछुट्टै हस्ताक्षर लिएर प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् ।

कांग्रेसको शेखर कोइराला पक्षले प्रदेश सभा सदस्य केदार कार्कीलाई एमालेको सहयोगमा मुख्यमन्त्री बनाउन चाहेको छ । शेखरपक्षका ८ सांसद र एमालेका उपसभामुखसहित ४० सांसदको हस्ताक्षर जुटाए मुख्यमन्त्री बन्न समस्या छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप