आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

४७ जनाको हस्ताक्षरसहित कांग्रेसका कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी

बिहीबार, २५ असोज २०८०, १७ : २२
बिहीबार, २५ असोज २०८०

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीले दाबी पेस गर्न लागेका छन् । उनले एमालेका सांसदसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् । कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ । 

कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।

सत्ता गठबन्धनले माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै कांग्रेसका ८ सांसदले विद्रोह गर्दै एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप