आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनएमा पहिलो दिन ८ जनाको उम्मेदवारी

बिहीबार, २५ असोज २०८०, १९ : ३२
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि मनोनयन दर्ता सुरु भएको छ ।  विद्युतीय र भौतिक उपस्थिति दुवै माध्यमबाट मनोनयन दर्ता सुरु भएको हो । 

जसअनुसार विद्युतीय माध्यमबाट मनोनयन दर्ताको लागि बिहान ६ देखि साँझ ६ बजे तथा भौतिक उपस्थितिमा संघको बालुवाटारस्थित कार्यालयमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय छुट्याइएकोमा सो समयमा पहिलो दिन जम्मा ८ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको सञ्चार अधिकृत इन्द्रलक्ष्मी घिमिरेले जानकारी दिइन् ।  

उनका अनुसार मनोनयन दर्ता शुक्रबार र शनिबार पनि जारी रहनेछ । पहिलो दिन मुख्य पद अध्यक्षमा कसैको पनि उम्मेदवारी दर्ता भएको छैन । यस्तै उपाध्यक्षमा एक जनाको तथा सचिवसहितका पदाधिकारीका केही पदमा उम्मेदवारी दर्ता भएको छ । 

शनिबार उम्मेदवारी दर्ता सम्पन्न भएपछि असोज २८ गते विद्युतीय माध्यमबाट उम्मेदवारी पेश गर्नेको हकमा प्रस्ताव र समर्थकसहित अनिवार्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ।  त्यसपछि उम्मेदवारको सूची प्रकाशित गर्नेसहित दाबी विरोधको समय छुट्ट्याउँदै अन्तिम नामावली प्रकाशित गरेर अक्टोबर १९ मा मतदान गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप