आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतका चर्चित गायक रितो रिबा पोखरा आउने

बिहीबार, २५ असोज २०८०, १९ : ४९
बिहीबार, २५ असोज २०८०

पोखरा । भारतका चर्चित गायक रितो रिबा आइतवार पोखरा आउने भएका छन् । लेकसाइड स्थित क्याटवाकमा लाइभ कन्सर्टको प्रस्तुति दिन उनलाई प्रतिक इभेण्ट र टौवा क्रियशनले ल्याउन लागेको हो । रिबाले राती साढे ११ बजे प्रस्तुति दिनेछन् ।

लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने संयोजक प्रतिक सुनारले जानकारी दिए । रितो रिबा १३ औं संस्करणको इन्डियन आइडलमा उत्कृष्ट १५ बाट बाहिरिएका थिए । रिबा युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप