आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलद्वारा सिरियामा आक्रमण, दमास्कस र एलेप्पोको एयरपोर्टमा बमबारी

बिहीबार, २५ असोज २०८०, २० : १८
बिहीबार, २५ असोज २०८०

दमास्कस । इजरायलले सिरियाको राजधानी दमास्कस र एलेप्पो सहरका विमानस्थललाई निशाना बनाएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सिरियाको सरकारी समाचार एजेन्सी ‘साना’का अनुसार एयरपोर्टको अवतरण क्षेत्रमा मिसाइलबाट क्षति पुगेको छ जसका कारण यो अब सेवामा छैन । स्थानीय मिडियाका अनुसार सिरियाली एयर डिफेन्सले आक्रमणको जवाफमा कारबाही सुरु गरेको छ। 

बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले एलेप्पोमा धेरै विस्फोटको आवाज सुनिएको बताएको छ।इरानका विदेशमन्त्रीको सिरिया भ्रमणको एक दिनअघि इजरायलले यो हमला गरेको हो ।

सिरिया र इरान दुवै इजरायलका शत्रु राष्ट्र हुन् । इरानले लामो समयदेखि हमासलाई समर्थन गर्दै आएको छ। इजरायलले सिरियामा इरानसँग सम्बन्धित लक्ष्यहरूलाई निशाना बनाउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप