आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश सभापति थापाले बोलाए आकस्मिक बैठक

शुक्रबार, २६ असोज २०८०, ०७ : ४७
शुक्रबार, २६ असोज २०८०

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएका छन् । कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसदबारे छलफल गर्न बैठक बोलाइएको थापाले रातोपाटीलाई बताए । 

उनले रातोपाटीसँग भने, ‘प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्छ । उहाँहरुले आफ्नो क्रियाकलापलाई सुधार गर्नु भएन । पार्टीको आचारसंहिता लागू हुन्छ ।’

पार्टीको निर्णय विरुद्ध उभिने कुरा अनुशासनहीनताको चरम रूप भएको उनको भनाइ छ ।  ‘पार्टीमा जसले जे गरे पनि हुन्छ भन्ने सन्देश गएको छ, यो अनुशासनहीनताको चरम रूप हो,’ उनले भने, ‘यसले पार्टीले उपयुक्त निर्णय लिन्छ ।’

सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्वोलाई अघि सारेपछि शेखर पक्षका ८ जना सांसद विद्रोहमा उत्रिएका थिए ।

एमालेको समर्थन जुटाएर शेखर पक्षीय केदार कार्कीले पार्टी निर्णयविरुघ कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप