आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलाको दसैँको बहार, समान खरिदमा उपहार नै उपहार

शुक्रबार, २६ असोज २०८०, ०८ : ३९
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । चाडबाडको बेला किनमेलको चटारो परिरहेका बेला ‘बेलाको’ कम्पनीले आम उपभोक्तालाई उपहारको झटारो हानेको छ । योजना अनुसार हरेक सामानको खरिदमा हात खाली नजाने उपहारसँगै एक जना भाग्यमानी विजेताले २५८ लिटरको रेफ्रिजेनेटर प्राप्त गर्ने छन् ।

यस्तै प्रत्येक सामाग्री खरिदमा १० प्रतिशत छुट गरिएको छ भने स्क्र्याच कुपनमा एक हजार रुपैयाँसम्म क्यास ब्याक राखिएको कम्पनीले जनाएको छ । बेलाको सामाग्री उपयोगले घर सजाउने, भान्सा मगमगाउने र चाडबाड रङ्गिन बनाउने कम्पनीले दाबी गरेको छ ।

प्रदीप खड्का ब्रान्ड एम्बेसडर रहेका बेलाको कम्पनीले रेफ्रिजेनेटर, वासिङ मेसिन, स्मार्ट टेलिभिजन, स्मार्ट एसी, ग्यास स्टोप, राइस कुकर, आइरन, इलेक्ट्रिककित्ली, हिटर, बहुउपयोगी ब्लान्डरलगायत गृह उपकरण नेपाली बजारमा ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप