आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरोकप छनोटमा स्पेन र नर्वेको सजिलो जित

शुक्रबार, २६ असोज २०८०, ०९ : ५८
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा स्पेन र नर्वेले सजिलो जित हात पारेका छन् । शुक्रबार बिहान सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा स्पेनले स्कटल्यान्डलाई २—० गोलले हरायो । 

सोही समूहको अर्को खेलमा नर्वेले साइप्रसमाथि ४—० गोलको फराकिलो अन्तरले पराजित गर्‍यो । अङ्क तालिकाको पहिलो स्थानमा रहेको स्टकल्यान्डले छनोट प्रतियोगितामा भोगेको यो पहिलो हार हो । स्पेनले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो ।

खेलको ७३औँ मिनेटमा स्पेनले अग्रता लिएको थियो । अल्भारो मोराटाले स्पेनका लागि पहिलो गोल गरेका थिए । त्यसलगत्तै खेलको ८६औँ मिनेटमा स्पेनका लागि ओइहान सानसेटले दोस्रो गोल थपेका थिए ।

साइप्रसविरुद्धको खेलमा नर्वेका लागि अर्लिङ हल्यान्डले दुई गोलको योगदान गरे । उनले खेलको ६५औँ र ७२औँ मिनेटमा गोल गरेका थिए । खेलको ३३औँ मिनेटमा नर्वेका लागि अलेक्जेन्डर सर्लोथले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा नौ मिनेटअघि फ्रेड्रिक अर्सनेसले चौथो गोल थपेका थिए ।

समूह ‘ए’ मा ६ खेल खेलेको स्टकल्यान्ड १५ अङ्कसहित पहिलो स्थानमा आसीन छ । पाँच खेल खेलेको स्पेन १२ अङ्कसहित दोस्रो र ६ खेल सकेको नर्वे १० अङ्कसहित तेस्रो स्थानमा छन् । पाँच खेल खेलेको जर्जिया चार अङ्कसहित चौथो र ६ वटै खेलमा पराजित भएको साइप्रस पाँचौँ स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप