आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'नेटा भी'को एक्सचेन्ज क्याम्प आइतबारसम्म जारी रहने

शुक्रबार, २६ असोज २०८०, १० : ०८
शुक्रबार, २६ असोज २०८०

सिजी मोटर्सले पुराना गाडीसँग एक्सचेन्ज गरी नेटा भी लिन इच्छुकहरूका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्मका लागि विशाल नगर, काठमाडौँ स्थित शोरुममा एक्सचेन्ज क्याम्पको आयोजना गरिरहेको छ । 

प्योर इभी प्लाटफर्ममा बनेको नेटा भीको अपत्यारीलो ३८० किमीको रेन्ज तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भीइभी प्रेमीहरुको पहिलो रोजाइमा परिरहेको बेलाआसन्न चाड दसैँलाई लक्षित गरी सिजी मोटर्सले एक्सचेन्ज क्याम्पको आयोजना गरेको हो ।

एक्सचेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो गाडीको राम्रो भ्यालुएसन, एक वर्षको बीमा, सडक दस्तुर तथा डिक्की फुलअफर समेत दिइरहेको कम्पनीले जनाएको छ । साथै हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वाशर, भ्याकुमकप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेट समेत सित्तैमा दिइरहेको कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

३८० कि.मी. रेन्ज, ०.५ रुपैयाँ प्रति कि.मी. खर्च, १० वर्ष अथवा २ लाख कि.मी. ब्याट्री र मोटरमा वारेण्टी, ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप