आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ मा हुने

शुक्रबार, २६ असोज २०८०, १२ : ४५
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मङ्सिर १४ र १५ गते हुने भएको छ ।

काउन्सिलले शुक्रबार सूचना जारी विशेष परीक्षाका लागि भोलि अर्थात शनिबारेदेखि अनलाइन आवेदन खुल्ला हुने जनाएको छ ।

इच्छुक व्यक्तिले असोज २७ गतेदेखि कात्तिक २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, कात्तिक २७ र २८ गते दुई दिन विलम्ब शुल्क सहित फाराम बुझाउन सकिने काउन्सिलद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

काउन्सिलका अनुसार विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुनेछ । यस्तै, विशेष परीक्षा कम्प्युटर प्रविधिबाट हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप