आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘दिमाग खराब’को भिडियो च्यालेन्ज, विजेतालाई डेढ लाख

शुक्रबार, २६ असोज २०८०, १२ : ४७
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । निश्चल बस्नेत निर्देशित आगामी कार्तिक २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘दिमाग खराब’ । फिल्मको केही दिनअगाडि ‘झम्के झमाझम’ बोलको गीत सार्वजनिक भएको थियो । गीतले चर्चा पाइरहँदा निर्माण युनिटले यो गीतमा ‘डान्स स्टेप’ प्रतियोगिता घोषणा गरेको छ ।

निर्माण युनिटले यो गीतमा उत्कृष्ट टिकटक तथा यूट्यूव भिडियो बनाउनेलाई डेढ लाख  र ५० हजार पुरस्कार घोषणा गरेको हो । यसमा ५० हजार टिकटक भिडियो र डेढ लाख युट्यूब भिडियोका लागि छुट्टयाइएको छ । प्रतियोगितामा सहभागी हुन टिकटक तथा यूट्यूबमा भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ । भिडियो पोस्ट गर्दा प्रतियोगीले गीतको बोल र फिल्मको नाममा ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । यसैगरी प्रतियोगीले आफूले बनाएको यूट्यूब भिडियोलाई आयोजकलाई लिङ्क पठाउनुपर्नेछ । 

त्यसरी प्राप्त उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कारसँगै सिनेमा आट्सको आगामी फिल्ममा काम गर्ने अवसर प्रदान गरिनेछ । बाबुल गिरीको शब्द तथा संगीतमा तयार ‘झम्के झमाझम’ गीतमा नम्रता काफ्ले तथा सुमित खड्काको युगल स्वर छ ।

सिनेमा आर्ट तथा ब्ल्याक हर्स सिनेमाको व्यानरमा निर्माण भएको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुस्कर गुरुङ, माओत्से गुरुङ, रमा थपलिया लगायतका कलाकारको अभिनय छ । सामाजिक–राजनीतिक कथामा फिल्म बनेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप