आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘पिपल डाँडामा दसैँ’ भन्दै आर्यानसँग नाचिन् अश्मि

शुक्रबार, २६ असोज २०८०, १४ : १३
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा मोडल अश्मि थापा र आर्यन सिग्देलको रोमान्स रहेको दसैँ गीत ‘पिपल डाँडामा दसैँ’ भिडियो सहित सार्वजनिक भएको छ। रोमान्टिक शैलीको गीतमा आर्यन र अश्मि रोमान्टिक जोडीको रुपमा प्रस्तुत भएका छन् । गीतमा दुबैको रोमान्स सुहाउँदो छ ।

भिडियो दसैँको माहोल तयार गरिएको छ । राजेश पायल राई र समिक्षा अधिकारीको युगल स्वर रहेको गीतमा दाहाल सन्तोषको शब्द, विशाल निरौलाको संगीत छ । 

भिडियोको निर्देशन कृष्ण पौडेलले गरेका हुन् । कृष्ण घिमिरे निर्माता रहेको भिडियोमा सुरेश काफ्लेको छायांकन, मिन रावलको सम्पादन र प्रविन थापाको कोरियोग्राफी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप