मानव अधिकार तथा शान्ति समाजद्वारा सिंहदरबार अगाडि प्रदर्शन (तस्बिर)
शुक्रबार, २६ असोज २०८०, १४ : २१
काठमाडौँ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार अगाडि प्रदर्शन गरेको छ । शुक्रबार समाजले सिहंदरबार दक्षिण गेटमा प्रदर्शन गरेको हो ।
समाजले संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउन, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शिघ्र खारेजी गर्न, कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्न माग गरेको छ । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी