आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पूर्वप्रधानमन्त्री चन्दको ‘अपराजिता’ कृति लोकार्पण

शुक्रबार, २६ असोज २०८०, १६ : ४६
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्धारा लिखित ‘अपराजिता’ कृति लोकापर्ण भएको छ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँमा शुक्रबार एक कार्यक्रमकाबीच चन्दको ‘अपराजिता’ लोकापर्ण गरेकी हुन् । 

लोकापर्ण समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले लेखक चन्द राजनीतिक क्षेत्रमा एक शालिन राजनीतिक नेतृत्वका रुपमा चिनिएको बताइन् । ‘उहाँले राजीतिक रुपमा खेलेको भूमिका सरल र सिद्धान्तनिष्ट रहेको छ । संयोग नै भन्नुपर्छ उहाँ नेतृत्वको मन्त्रिमण्डलमा मैले पनि काम गर्ने मौका पाएकी थिएँ’, भण्डारीले आफुले त्यसैबेलाबाट चिन्ने मौका पाएको भन्दै भनिन्, ‘उहाँको सरलताबाट आजको पुस्ताले धेरै कुरा सिक्नुपर्छ भन्ने लाग्छ ।’

चन्द राजनीतिक क्षेत्रमा अभिभावक बनिसकेको भन्दै भण्डारीले चन्दबाट राजनीतिक र साहित्यिक क्षेत्रले धेरै कुरा सिक्नुपर्ने बताइन् । कृतिले नेपाली साहित्य भण्डारलाई सम्मृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गर्दै चन्दले अपराजितामा सुदूरपश्चिमको सामाजिक परिवेश र सशस्त्र द्वन्द्वमा त्यहाँका जनताले भोगेका पीडा र कथा समेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप