आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन ४८ सांसद पुगे प्रदेश प्रमुखको कार्यालय

शुक्रबार, २६ असोज २०८०, १६ : ५८
शुक्रबार, २६ असोज २०८०

विराटनगर । काेशी प्रदेश प्रमुखलाई दबाब दिन केदार कार्की पक्षका कांग्रेस सांसद र एमालेका गरी ४८ सांसदहरू प्रमुखको कार्यालय पुगेका छन् ।  प्रदेश संसद सचिवालयमा जम्मा भएका उनीहरू हुल बाँधेरै प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बिहीबार उनीहरुले हस्ताक्षर बुझाएका थिए । तर प्रदेश प्रमुख कार्कीले दिएको समय घर्किन लाग्दा पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै उनीहरु दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

kosi-samsad

गठबन्धनले समेत कोशीमा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दावी गरेपछि प्रदेश प्रमुख अलमलमा परेका छन् । यसैबीच कार्कीले दुईजना कांग्रेस सांसद थपिएको दाबी गरेका छन् । उनले नाम भने उल्लेख गर्न चाहेनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप