आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

कोशी प्रदेश सांसदको हुलमा सुनिल शर्मा पनि मिसिए

शुक्रबार, २६ असोज २०८०, १७ : २४
शुक्रबार, २६ असोज २०८०

विराटनगर । शेखर कोइराला पक्षका प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाव दिन कोशी प्रदेश प्रमुखको कार्यालय पुगेका ४७ सांसदको हुलमा प्रतिनिधिसभा सदस्य सुनिल शर्मा पनि मिसिएका छन् । कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न एमालेका ३९ सहित कोइराला पक्षका ८ सांसदको हस्ताक्षर बुझाएपनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै ४७ सांसद शशरिर मुख्यमन्त्रीको कार्यालय पुगेका हुन् । सोही हुलमा शर्मा पनि मिसिएका हुन् । 

यता कांग्रेसको संसथपन पक्षले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न माग दावी पेश गरेकाले प्रदेश प्रमुखले कुनै निर्णय गरिसकेका छैनन् । एमाले नेता हिक्मत कार्कीले विश्वासको मत नपाउने भएपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार प्रदेश प्रमुखले आज ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीको दावी पेश गर्न समय दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप