आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

भोलि सनाखत गरेर मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको प्रस्ताव

शुक्रबार, २६ असोज २०८०, १८ : ०१
शुक्रबार, २६ असोज २०८०

विराटनगर । आजै कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिन कोशी प्रदेश प्रमुखको कार्यकक्षमा पुगेका सांसदहरू र प्रदेश प्रमुख परशुराम खापुङबीच छलफल जारी छ । 

छलफलमा एमाले नेता हिक्मत कार्की र मुख्यमन्त्रीमा प्रस्तावित केदार कार्की सहभागी छन् भने अन्य सांसदहरू हलमा कुरेर बसेका छन् । 

कार्कीद्धयसँगको छलफलमा प्रदेश प्रमुख खापुङले भोलि शनिवार सनाखत गराएर मुख्यमन्त्री नियुक्त गर्दा के हुन्छ भनेर प्रस्ताव गरेको बुझिएको छ । तर कार्कीद्धयले भने आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने अडान छाडेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप