आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दबाब, तनाव र चुनौतीमा छु, राजनीति बाहिर पनि समाज छ भन्ने बुझेँ : प्रधानमन्त्री प्रचण्ड

शुक्रबार, २६ असोज २०८०, १८ : ५०
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकर्मीहरुलाई दबाब, तनाव र चुनौती धेरै हुने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा २०८० को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफू अहिले दबाब, तनाव र चुनौतीको बीचमा रहेको बताए । उनले समाज भनेको राजनीतिमात्रै नभई अन्यत्र पनि समाज भएको अनुभूति भएको बताए ।

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशलाई सडक मावमुक्त घोषणा गर्नेकुरामा सरकार प्रतिवद्ध रहेको बताए । उनले सबै मिलेर सडक मानवमुक्त देश बनाउनुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले मानव सेवाले राम्रो काम गर्दै आइरहेको बताए । मानव सेवामा लाग्ने व्यक्ति पूजनीय भएको बताए । उनले यात्राको सफलताको शुभकामना दिए ।

कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव सेवा जस्तो पुण्यको काम कतै नभएको बताए । उनले सडकमा बसेका असाहाराको सहयोगी बन्नु जतिको ठूलो काम अन्यत्र नभएको बताए । उनले राज्यले मानव सेवालाई सहयोग गर्नुपर्ने बताए । उनले राज्यले यसको सबै जिम्मेवारी व्यहोर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप