आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनआरएनए अध्यक्षमा आरके शर्माले दर्ता गराए उम्मेदवारी,चुनाव जित्लान् ?

शुक्रबार, २६ असोज २०८०, २१ : ५८
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष आरके शर्माले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार बालुवाटारस्थित एनआरएनएको कार्यालयमा पुगेर उनले विधिवत रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । 
उनको प्रस्तावकमा वेद खरेल र डीबी क्षेत्री रहेका छन् भने समर्थकमा रमेश भट्ट र बन्दना शर्मा (सापकोटा) रहेका छन् । 

शर्मा उम्मेदवारी दर्ता गर्न उनको टीममा रहेका अन्य पदाधिकारीका उम्मेदवारहरु पनि सँगै थिए । तर, उम्मेदवारी भने शुक्रबार शर्माको मात्रै दर्ता गरिएको हो । शर्माको टीमका अन्य उम्मेदवारहरुले भने शनिबारमात्रै उम्मेदवारी दर्ता गराउनेछन् । शर्मा शनिबार चितवन सेवा समाजको कार्यक्रमका लागि चितवन जानुपर्ने भएकाले हतारमा आजै दर्ता गराइएको  बताइएको छ । 

शुक्रबार नै पत्रकार सम्मेलन गरेर शर्माले आफूले मध्यपूर्वसहित संसारभरका एनआरएनएको हितका लागि काम गर्न अध्यक्षमा उम्मेदवारी दिएको बताएका थिए । उनले एनआरएनएलाई एकताबद्ध गर्नेसहितका एनआरएनएलाई सम्मानित बनाउने विभिन्न एजेण्डा अघि सारेका छन् । एक महिनामा एक बाचा पुरा गर्नेगरी २४ महिने कार्यकालमा गर्ने २४ कामको विवरणलाई उनले २४ बुँदे बाचापत्रमा समेटेका छन् । 
उम्मेदवारी दर्तापछि शर्माले आफूले चुनाव जित्ने दाबी गरे । मध्यपूर्वसहित विश्वभरका मतदाताले आफूमाथि विश्वास गरेको भन्दै चुनाव जित्ने दाबी गरेका हुन् । 
एनआरएनएको अध्यक्षमा शर्माको पहिलो उम्मेदवारी परेको हो । अध्यक्षका आकांक्षीहरु बद्री केसी र महेश श्रेष्ठलगायतले भने शनिबार दर्ता गराउने बुझिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप