आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बहुमूल्य सामान बेच्ने बहानामा ठगेको आरोपमा ६ जना पक्राउ

शुक्रबार, २६ असोज २०८०, २१ : ५९
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । बहुमूल्य सामान सस्तोमा बेच्ने बहानामा ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ठग्ने उद्देश्यले लिएर हिँडेको ‘अटोफायर’ र ‘क्रिस्टल माला’ सहित ६ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा झापाको बाह्रदर्शी गाउँपालिका घर भएका अनिल गदाईली, ललितपुरका रमेश नापित, काभ्रेका बिकाश श्रेष्ठ, ओखलढुंगाका लाल बहादुर सुनुवार, र मकवानपुरका मुरली न्यौपाने छन् । उनिहरुले ‘पुरातात्विक बहुमूल्य सामान हो’ भनेर झुक्याएर नगद ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी रेग्मीले जानकारी दिए । 

आरोपीतहरुले ‘अटोफायर’ र ‘क्रिस्टल माला’ दुई करोडमा बेच्न डिल गरेका थिए । उनीहरुलाई कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बालुवाखानीबाट पक्राउ गरेर कारवाहीका लागी प्रहरी वृत बौद्धमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप