‘ग्रासरुट’ को एजेण्डासहित एनआरएनए सचिवमा पुडासैनीको उम्मेदवारी
बिहीबार, २५ असोज २०८०, १२ : ००
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा नुवाकोटमा जन्मिइ हाल बेलायत निवासी राजेन्द्र पुडासैनीले उम्मेदवारी दिएका छन् ।
एनआरएनएको अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुन गइरहेको विश्व सम्मेलन तथा निर्वाचनका लागि उनी आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका हुन् ।
उनले एनआरएनएको ग्रासरुटसम्म पुग्ने र उनीहरुकै कुरा सुन्दै सबल र बलियो संस्था बनाउन भूमिका खेल्ने प्रमुख एजेण्डा अघि सारेका छन् ।
अधिकतम एकेडेमिक व्यक्तिहरूलाई संस्थातर्फ आकर्षित गराउन भूमिका खेल्ने, संस्थामा पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ बदल्ने, महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्नेलगायतका एजेण्डा पुडासैनीले अघि सारेका छन् ।