आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
काेशीकाे किचलाे

केदार कार्कीको पक्षमा सनाखत गर्न ४६ सांसद प्रदेश प्रमुखको कार्यालय पुगे

एमालेका ज्ञानेन्द्र सुवेदी केहीबेरमा पुग्ने
शनिबार, २७ असोज २०८०, ०८ : ४९
शनिबार, २७ असोज २०८०

विराटनगर । नेकपा एमालेका ३८  र नेपाली कांग्रेसको डा शेखर कोइराला ८ जना सांसदहरू बिहान ८ः३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन् ।

एमालेका सांसद ज्ञानेन्द्र सुवेदी भने केहीबेरमा पुग्ने बताइएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताको सनाखत गर्दैछन् । समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ आउन उनले भनेका छन् ।

कोशीको मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७–४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

शुक्रबार साँझमा कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिँदै कांग्रेसका ८ र एमालेका ३९ सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा गएका थिए । एमाले र कांग्रेसका ती सांसदसँग आजै मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखले बताएका  थिए ।

‘आजै मुख्यमन्त्री नियुक्त गर्ने हामीबीच सहमति भएको छ’, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,’ शपथको कार्यक्रम भने नवनियुक्त मुख्यमन्त्रीको समयअनुसार हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप