आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फेरिँदै छ काठमाडौँको स्वरूप (फोटो फिचर)

फेरिँदै छ काठमाडौँको स्वरूप (फोटो फिचर)

शनिबार, २७ असोज २०८०

काठमाडौँ । काठमाडौँ सहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौँ उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक जाम, पैदल यात्रुमैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् । 

न बिहान स्वच्छ हावा खाँदै मर्निङ वाक गर्ने स्थान छ त न कतै साँझ बिहान टहल्लिने र बालबालिकासँग रमाउने खुला स्थान । सहरका यस्ता अव्यवस्थित स्थानले बिहान कार्यालय हिँडेको कर्मचारी कार्यालय पुग्नासाथ थकित हुन्छ, अर्थात जाँगर मर्छ । 

तर पछिल्लो समय काठमाडौँ उपत्यकाको स्वरूप फेरिँदै छ । नदी नालाको सरसफाइ, सडक पेटी व्यवस्थित बनाउने, पार्कहरू निर्माण गर्ने कामले पूर्णता पाउन नसके पनि बन्दै गरेको अवस्थाले आकर्षक देखिन थालेको छ, काठमाडौँ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया