आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्याक्सवेलले म्याचको दौरान धुम्रपान गरिरहेको भिडियो भाइरल

शनिबार, २७ असोज २०८०, १० : ४०
शनिबार, २७ असोज २०८०

लखनउ । ५ पटकको विश्व च्याम्पियन अस्ट्रेलियाली क्रिकेट टोलीले विश्वकप २०२३ मा लगातार २ खेलमा लज्जास्पद हार बेहोरेको छ । आयोजक भारतले चेन्नईमा कंगारुहरूलाई पराजित गर्‍यो, जबकि दक्षिण अफ्रिकासँग लखनउमा सबैभन्दा ठुलो हार बेहोरेको थियो। 

यति हुँदाहुँदै पनि उनीहरू लापरवाह देखिन्छन् । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलको म्याचको क्रममा एक भिडियो भाइरल भइरहेको छ जसमा उनले ई–सिगरेट (भेप पिउँदै) गर्दै गरेको देखिन्छ ।

लखनउको एकना स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १३४ रनले पराजित गरेको थियो । यो खेलमा अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । अस्ट्रेलियाका लागि मार्नस लाबुसचेनले सर्वाधिक रन बनाए । लाबुसचेन ४६ रन बनाएर आउट भए । ग्लेन म्याक्सवेलले १७ बलमा ३ रन मात्र बनाए । यद्यपि उनले बलिङमा २ विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप