आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागलुङमा आगलागीमा परेर १ जना मृत्यु

शनिबार, २७ असोज २०८०, १० : ४६
शनिबार, २७ असोज २०८०

ढोरपाटन । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । 

गए राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । राति नै इलाका प्रहरी गलकोटको टोली आगो निभाउन घटनास्थलमा पुगेको थियो । आगो के कसरी लाग्यो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । 

पौडेल हत्यामा संलग्न पक्राउ

गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बडिगाड गाउँपालिका–६ का १९ वर्षीय विशाल विकलाई पक्राउ गरेको हो । 

 सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार यसअघि बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजाघरका सञ्चालक आशा कुँवर र उनका छोरा विनोदलाई पक्राउ गरिएको थियो । दुवैजनालाई अदालतले दोषी ठहर गरेपछि कारागार चलान गरिएको  थियो । घटनाको थप अनुसन्धान गर्न विकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप