प्रभाव पार्न सक्ने खेलाडी – जसप्रित बुमराह (भारत)
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको सबैभन्दा प्रतीक्षित भारत र पाकिस्तानबिचको खेल आज अहमदाबादमा खेलिँदैछ । आजको खेलमा दुवै टोलीमा धेरै म्याच विनरहरु रहेका छन् । यसमध्ये पनि यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडीमा भारतका जसप्रित बुमराह रहेका छन् ।
भारतको बलिङ आक्रमणको प्रमुख हतियार रहेका बुमराहले दुई खेलबाट ६ विकेट लिइसकेका छन् । यो विश्वकपमा उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् ।
२९ वर्षीय बुमराह उनको फरक बलिङ एक्सनका लागि पनि चिनिन्छिन् । उनले एकदिवसीय खेलमा सन् २०१६ मा अस्ट्रेलियाविरुद्ध गरेका हुन् ।
उनले ८० एकदिवसीय खेलमा २३.७७ को औसतले १३५ विकेट लिइसकेका छन् । १९ रन दिएर ६ विकेट लिनु उनको करियरको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । उनले टेस्ट क्रिकेटमा ३० खेलबाट १२८ विकेट लिएका छन् भने टी–२० मा ६२ खेलबाट ७४ विकेट लिएका छन् ।