गीत
माया गर्छु नि हौ
शनिबार, २७ असोज २०८०, १२ : ५५
चाहे हाँसेर आऊ चाहे रुवाई जाऊ
चाहे स्वार्थी बनेर झुटो कसमै खाऊ
माया गर्छु नि हौ तिमीलाई...।
सबै पिरतीले कहाँ हसाउँछ र
सबै मायाले पनि घर, कहाँ बसाउँछ र
अब हाँसु या रोऊँ मेरो सहारा तिमी
तिमीलाई मेरो कसम, मेरो जूनतारा तिमी
माया गर्छु नि हौ तिमीलाई...।
पहाडी खोला झैँ मेरो माया चोखो छ
मेरो यो चोखो माया तिम्रो प्रेमको भोको छ
चाहे बिहानीको मीठो सपनी बनेर टुट
चाहे आँखाको मेरो आँसु बनेर छुट
माया गर्छु नि हौ तिमीलाई...।
चाहे हाँसेर आऊ चाहे रुवाई जाऊ
चाहे स्वार्थी बनेर झुटो कसमै खाऊ
माया गर्छु नि हौ तिमीलाई...।
बाम्राङ, खोटाङ