आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपाका पाँचवटा जिल्ला समिति पुनर्गठन

शनिबार, २७ असोज २०८०, २२ : २९
शनिबार, २७ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पाँचवटा जिल्ला समिति पुनर्गठन गरेको छ । जसपा प्रचार प्रसार विभागले शनिबार पाँचवटा जिल्ला समिति पुनर्गठन गरिएको जानकारी दिएको हो । 

विभागका अनुसार बागमती प्रदेश अन्तर्गतका चारवटा जिल्ला भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ र कोशी प्रदेशको इलाम जिल्ला समिति शनिबार पुनर्गठन गरिएको हो ।

भक्तपुरमा श्याम शिल्पकार, काभ्रेपलाञ्चोकमा वीरबहादुर तामाङ, सिन्धुपाल्चोकमा जगत मोक्तान, धादिङ जिल्लामा ईमानसिंह तामाङको अध्यक्षतामा  जिल्ला समिति पुनर्गठन गरिएको विभागको भनाइ छ । बागमती प्रदेश अन्तर्गतका चारवटै जिल्ला समिति २१ सदस्यीय रहेको छ ।
 
त्यस्तै शनिबार इलाम जिल्ला समिति पनि पुनर्गठन गरिएको विभागले जनाएको छ ।  छिकिन तामाङको अध्यक्षतामा पुनर्गठित समिति ३१ सदस्यीय रहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप