आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युरो छनोट : इंग्ल्याण्डमाथि इटालीको दबाब

आइतबार, २८ असोज २०८०, ०९ : १०
आइतबार, २८ असोज २०८०

रोम । युरोपियन च्याम्पिनसिपको छनोटमा माल्टालाई हराउँदै इटालीले समूह सीको शीर्ष स्थानमा रहेको इंग्ल्याण्डमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा इटाली ४–० गोलले विजयी बनेको हो ।

जियाकोमा बोनाभेन्चुराले खेलको २२ औँ मिनेटमा इटालीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डोमेनिको बेरार्डीले टोलीको अग्रता दोब्बर बनाए ।
६३ औँ मिनेटमा बेरार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । खेलको अन्त्यमा डेभिड फ्राटेसीले इटालीका लागि चौथो गोल गरे ।

जीतसँगै इटाली इंग्ल्याण्डभन्दा तीन अङ्कपछि दोस्रो स्थानमा पुगेको छ । अब तीन खेल बाँकी रहँदा दुई टोलीबिच मंगलबार वेम्ब्लेमा भिडन्त हुनेछ । समूहमा युक्रेनको पनि इटालीसँगै १० अङ्क रहेको छ । टोली गोलअन्तरको आधारमा तेस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप