आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी क्रिकेट टोलीका निर्देशकले भने, ‘यो आईसीसी होइन, बीसीसीआईको प्रतियोगिता लाग्यो’

आइतबार, २८ असोज २०८०, ०९ : ४३
आइतबार, २८ असोज २०८०

अहमदाबाद । पाकिस्तान क्रिकेट टोलीका प्रशिक्षक ग्रान्ट ब्रेडबर्न र निर्देशक मिकी आर्थरले भारत–पाकिस्तान खेलका दौरान भारतीय प्रशंसकको व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् । 

अर्थरलाई पाकिस्तानी टोलीको खराब प्रदर्शनको कारण ठुलो सङ्ख्यामा उपस्थित भारतीय प्रशंसकको भूमिका त थिएन ? भनेर प्रश्न गरिएको थियो । जवाफमा आर्थरले भने, ‘हेर्नुहोस्, यदि मैले यस्तो भएन भनेँ भने मैले झूट बोलेको हुनेछ । म चाहन्न कि कसैलाई जरिवाना लागोस् तर इमान्दारीपूर्वक भन्दा खेलको दौरान यो आईसीसीको प्रतियोगिता भन्ने कहिले पनि लागेन । यो एक द्विपक्षीय शृङ्खला जस्तो लागि रहेको थियो, यो बीसीसीआईको कार्यक्रमजस्तो लागिरहेको थियो ।’

उनले भने, ‘हामीलाई थाहा थियो हामीले धेरै समर्थन पाउने छैनौँ । तर, स्टेडियममा पाकिस्तान समर्थक नदेखिनु निकै आश्चर्यजनक थियो । यो बीसीसीआईले आयोजना गरेको एक द्विपक्षीय क्रिकेट म्याच जस्तो महसुस भयो न कि आईसीसीले आयोजना गरेको विश्वकपको खेल ।’

आर्थरले खेलका दौरान गरिएको गीतको चयनप्रति पनि प्रश्न उठाए । उनले गीतहरू सबै भारतको पक्षमा भएको र माइकमा कहिले पनि ‘दिल–दिल पाकिस्तान’ नसुनिएको गुनासो गरे । ‘यो सबै कुराले एउटा भूमिका त खेल्छ तर यसलाई बहानाका रूपमा हामी प्रयोग गर्न चाहँदैनौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप