आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुईवटा राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकप खेल्ने पहिलो खेलाडी

आइतबार, २८ असोज २०८०, १४ : २३
आइतबार, २८ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको इतिहास दुईवटा राष्ट्रको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी केप्लर वेजल्स हुन् । उनले फरक—फरक समयमा दुईवटा राष्ट्रको प्रतिनिधित्व गर्दै विश्वकप खेलेका थिए । 

उनको जन्म दक्षिण अफ्रिकामा भएको थियो । तर, पछि उनको परिवार अस्ट्रेलिया बसाई सरेको थियो । उनले सबैभन्दा पहिले सन् १९८३ मा अस्ट्रेलियाको तर्फबाट विश्वकप खेलेका थिए । त्यसपछि सन् १९९१ मा दक्षिण अफ्रिकाले उनलाई आफ्नो राष्ट्रिय टोलीमा समावेश गरेको थियो । 

दक्षिण अफ्रिकाले उनलाई राष्ट्रिय टोलीमा समावेश गरेपछि व्यापक विरोध पनि भएको थियो । त्यसको एक वर्षपछि सन् १९९२ मा उनले दक्षिण अफ्रिकाका लागि पनि विश्वकप खेलेका थिए । सन् १९९२ को विश्वकपमा त दक्षिण अफ्रिकाले उनलाई कप्तान नै बनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप