आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, २८ असोज २०८०, १६ : ११
आइतबार, २८ असोज २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक, दाङ र कैलालीमा सवारी दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको नेपाली प्रहरीले जानकारी दिएको हो ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ अधेरीस्थित सडकमा बा।३ ख ५५४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया माईली तामाङको शनिबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता दाङको लमही नगरपालिका–१ सुनडबरीस्थित सडकमा भालुवाङबाट लमहीतर्फ जाँदै गरेको लु।६९ प ४१३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया राधिका घर्तिमगरको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका(५ स्थित सडकमा सु.प.प्र ०१–०११ प ७६७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका(५ ढूङ्गेबजार बस्ने २८ वर्षीय श्याम बिनाडीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप