आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

होटेलमा तास खेलिरहेका १९ जना पक्राउ

आइतबार, २८ असोज २०८०, १६ : १२
आइतबार, २८ असोज २०८०

मुगु । मुगुको एक होटेलमा जुवातास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रुपैयाँ सहित पक्राउ गरेको बताइएको छ । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटेल टपटाउनमा जुवातास खेलिरहेको छायाँनाथ रारा नगरपालिका-७ पिना गाउँ बस्ने ३२ वर्षीय सूर्य बहादुर शाही समेत ८ जनालाई नगद १३ हजार ६ सय ४९ रुपैयाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप