आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धादिङ जीप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

आइतबार, २८ असोज २०८०, १८ : ००
आइतबार, २८ असोज २०८०

मलेखु । धादिङ गङ्गाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे १ ज २६६९ नं जिप अनियन्त्रित भई दुर्घटना हुँदा गङ्गाजमुना–२ का १४ वर्षीय अनुरोध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा दुई बालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गुम्दी स्वास्थ्य चाैकीमा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप