आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायल घटनाको पृष्ठभूमिमा दिपकले बनाए गीत ‘मेरो भगवान’

आइतबार, २८ असोज २०८०

काठमाडौँ । इजरायल घटनाको पृष्ठभूमिमा पूर्वछापामार दिपक बस्नेतले वैदेशिक रोजगारीसँग जोडिएका पीडा समेटेर नयाँ ‘मेरो भगवान’ सार्वजनिक गरेका छन् । गायिका मिना नेपालीको स्वरलाई शिव अनुरागले संगीत रहेको एरेन्ज पवन रानाभाटले गरेका छन् ।

गीतको भिडियोमा विदेशिन बाध्य युवाको भूमिकामा दिपक बस्नेत स्वयं देखिएका छन्, भने श्रीमान् परदेशिएपछि गरिबीमा पिल्सिएको परिवार सम्हाल्ने भूमिकामा बन्दना बेलीको अभिनय छ । बाबुको भूमिकामा देखिएका विष्णुप्रसाद हुमागाईँ र साहुकारको भूमिका निभाएका माधव हुमागाईँ र बालकलाकार प्रगति हुमागाईँको पनि भिडियोमा अभिनय छ ।

अधिनायकमान शेरचनको सम्पादन, आशिष पुुडासैनीको छायांकन रहेको भिडियो उदय प्रकाशले निर्देशन गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया